श्री काली वर्णन
२०६८ पुस १८ गते, सोमवार ०७:३९:०१ बजे
कालीको उत्पती सम्वन्धमा शिव पुराणको वायाविय संहीतामा यसरी उल्लेख भएको पाईन्छ । एकपटक भगवान् शिव र जगत्माता पार्वती मन्दराचल पर्नतको रमणिय वनमा सयर गर्दै हुनुहुन्थ्यो । त्यसै समयमा शुंभ र निशुंभ नाम गरेका दुई भाई पराक्रमी दानवहरु पैदा भए । ब्रह्माजीबाट यस संसारको कुनैपनि पुरुषबाट उनीहरुले मृत्यु नहुने वरदान पाएका थिए । उनीहरुको वघको संवन्धमा अम्विकाको अंशबाट उत्पन्न अनियोजीत कन्या जो कुनै पनि पुरुषको स्पर्शबाट रहीत हुनेछन्, उनको पराक्रम अतुलनीय हुनेछ । उनैमा तीमीहरु आसक्त हुनेछौ तव उनी द्वारा नै तीमीहरुको वध हुनेछ भन्ने कुरा पनि ब्रह्माजीबाट आज्ञा भएको थियो ।
यसरी वरदान पाएका ती दानवहरुले इन्द्रादी देवताहरुलाई युद्दमा जीतेर सवर्ग समेत आप्नो हात पारेर संसारमा वेदाध्ययन र यज्ञ लगायत संपुर्ण पुजापाठ कार्यमा समेत प्रतिवन्ध लगाईदीए । त्यसपछि ब्रह्मा सहीत ईन्द्रादी देवताहरुले श्री महादेव संग प्रार्थाना गरे कि हे प्रभु जगत्माता पार्वतीबाट कन्याको उत्पती गराई शुंभ र निशुंभलाई मार्नका लागि हेवताहरुलाई दिनुहोस् ।
तब शिवजीले जगदम्बा पार्वतीको निन्दा गर्दै उहाँलाई एकान्तमा काली भनेर भन्नु भयो । तब सुन्दर वर्णवली देवी आफ्नो रुपको निन्दागरेको कारणले रिसाएर मधुर मुस्कानकासाथ शान्त बोलीमा आफ्नो पतीसंग भन्नुभयो- मेरो यस (काली) रुपसंग तपाँईको प्रेम रहेनछ, तपाँईले आजसम्म मलाई कीन भन्नु भएन ? तपाँईद्वारा एकान्तमा निन्दीत यस वर्णलाई छेडेर म अर्को वर्ण धारण गर्छु या म यो देङ त्याग गर्छु । यस्ता भनेर देवीले महादेवसँग तपस्या गर्ने अनुमती माग्नुभयो । तब महादेव भन्नुहुन्छ- हे पार्वती मैले त ख्याल-ख्यालमा भनेको हुँ, तिमी म ,सँग नरिसाऊ । देवीजी भन्नुहुन्छ - हे भगवान तपाँईले मलाई काली भनेर नरुचाउनुभएको हो । त्यसकारण मैले यस काली वर्णलाई तपस्याद्वारा त्याग गरीदीन्छु । तव शिवजी भन्नुहुन्छ -तिमीलाई तपस्या गर्नु जरुरी छैन ष तिमी मेरो इच्छाले अथवा स्वयं तिम्रो इच्छाले अर्को वर्ण धारणा गर्न सक्छ्यौ । तब देवीजी भन्नु हुन्छ - म तपाईको कृपाबाट अथवा स्वयं आफ्नो ईच्छाले यो वर्ण वदल्न चाहान्न तपस्याबाट ब्रह्माको आरधाना गरेर अब म चाँडै गौरी हुनेछु । त्यसपछि पतिव्रता पार्वतीले पतिको परीक्रमागरी हिमालयमा गएर कठोर तपस्या गर्न लाग्नुभयो ।
यसरी तपस्या गर्दा धेरै समय वित्यो तब उहाँले एउटा बाघ दुष्ट भावले आफु नजिक आएको देख्नु भयो । जब त्यो बाघ पार्वतीको नजीक आयो तब त्यो बाघ त्यहीँ स्तम्भित (जहाँको त्यही) भयो । दुष्ट भावले आएको त्यस बाघलाईदेखेर पार्वती विचलीत हुनु भएन । भोकले पीडित त्यस बाघले खान त सकेन तर झम्टने ईच्छाले हेर्दै उहाँको अगाडी बसीरह्यो ।
देवीले विचार गर्नु भयो कि यो पनि मेरो उपासक हो । अरु दुष्ट प्राणीबाट त यसले मेरो रक्षा गर्छ, तब उसमाथि भगवतीले कृपा गर्नुभयो । जसबाट उसको पाप समाप्त भयो । उसले पार्वतीलाई भगवती भनेर चिन्यो । उसको भोक, जन्मसिद्द दुष्टता र अंगस्तम्भन छुट्यो । उसलाई पुर्ण आनन्द मिल्यो । तब ऊ खुशी भएर उपासकको रुपमा परमेश्वरीको सेवा गर्न लाग्यो । यता दावीजी कठोरतपस्यामा हुनुहुन्थ्यो, उता देवताहरु शुंभ र निशुंभको दुखबाट सारै पिडीत भएर ब्रह्माजीको शरणमा गए । देवताहरुले आफ्नो दुखको कुरा सुनाएपछी ब्रह्माजी देवताहरुको दुख मुक्तिको उपाय मनमनै सोचेर देवीको पास जनुभयो । ब्रह्माजीलाई देवीजीले प्रणाम गर्नुभयो । देवताको साथ ब्रह्माजी आएको देखी पार्वतीले विधीले उहाँको पुजा गर्नुभयो . तब ब्रह्माजीले उहाँसंग तपस्याको कारण सोध्नुभयो । देवीजी भन्नुहुन्छ - सृष्टिको सुरुमा महादेवबाट तपाँईको उत्पती भयो, यस्तो सुनिन्च, तपाँई मेरो प्रथम पुत्र हुनुभयो । त्यसपछी प्रजा वृद्दीका लागि तपाईको निधारबाट शिवजीके जन्म भयो तब तपाँई ससुराको रुपबाट मेरो गुरु हुनुभयो । जब गीरिराज हिमालय मेरा पिता तपाँईका पुत्र हुनुभयो तब तपाँई मेरो तथा जगत्को पितामह ( हजुरबाबा) हुनुभयो । यसप्रकार लोकयात्रा गर्नेवाला तपाईको सामु मेरो पतिका साथ गोप्यवार्ता भएको कुरा म कसरी भनुँ । धेरै के वयान गरुँ, मेरोशरीरमा जो यो कालो रुप छ यसलाई छाडेर म सात्विक विधिबाट म गौरी हुन चाहान्छु । ब्रह्माजी भन्नुहुन्छ - हे जगत्माता तपाँईके यो खेल पनि संसारको कल्याणका लागि हुनेछ । यसबाट मेरो इष्ट सिद्दी गर्नुहोस् . शुंभ र निशुंभ नामगरेका दुई दानवहरुम बाट वरदान पाएर घमण्डी भएका छन् । तिनीहरु तपाँईद्वारा मारीनेछन् । तपाँईको शक्तिबाट ती दुईको मृत्यु हुनेछ ।
ब्रह्माजीद्वारा प्रर्थाना गरीएकी गिरीराजपुत्री देवीले त्यस कालो छालाको कोष त्यागेर गौरी रुप धारण गरीन् । जब उनले कोष (कालो रुप) छोडीन् । त्यसबाट कौषिकी नामयुक्त कालो मेघ समान काली कन्या प्रकट भईन । ती सामात्मिका शक्ति योगनिन्द्रा, वैष्णवी, शंख, चक्र, त्रिशुल आदी हात हतीयारयुक्त आठ भुजावली सौम्य तथा धीरताले युक्त तीन नेत्र, शिरमा चन्द्रमा धारण गरेकी, पुरुष स्पर्सबाट रहीत जसलाई कसैले पराजीत गर्न सक्दैन (अपराजीता), अत्यन्त शुन्दरी भईन् । ब्रह्माजीले सारै प्रसन्न भएर परमशक्ती (काली) लाई बलवान सिंह वाहनाका लागि दीएर विन्ध्याचलमा बस्ने स्थान दीए, मत्स्य, मांस, मालपुवा भोजनका लागि दिएर उनको पूजा गरे । त्यस पछि संसारमा उनको काली नामले पूजा हुन लाग्यो ।
मार्कण्डेय पुराणमा दुर्गासप्तशतीको ऊत्तम चरीत्रमा उल्लेख भए अनुसार शंभ र निशुंभ नाम गरेका दानवहरुले स्वर्गमा आक्रमणगरी सबै देवताहरुलाई जीति स्वर्गबाट धपाईदीए । यसरी राज्यहरण भएका देवताहरुले विचार गरे की हामीलाई भगवतीबाट यस्तो वरदान दीनुभएकोछ कि जहीले पनि हामीहरुलाई आपत् पर्दछ म छुटाईदीऊँला । यसरी भगवतीबाट पहीले प्राप्त भएको वरदानलाई संझेर देवताहरुले अपराजीता भगवतीको ध्यान गरे ।
हिमालय पर्वतमा गएर भगवतीको स्तुती गर्न लागे । या देवी सर्वभूतेषु चेतनेत्यभिधीयते । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनम: । जो देवी सबै प्राणीहरुमा चैतन्य भई विराजमान हुनुहुन्छ उहाँलाई हामी प्रणाम गर्दछौं ।
या देवी सर्वभूतेषु बुद्दी रुपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनम: ।( संपुर्ण प्रणीहरुमा वुद्दीरुपले निवास गर्ने उनै देवीलाई प्रणाम) ।
- गोर्खा पर्यटन
- श्री गोरखकाली दर्शन विधि !
- राधा बल्लभेश्वर मन्दिर
- मु गुम्बा
- गोरखनाथ मन्दिर
- राज गणेश मन्दिर
- जर्नेल धारा
- चौघेरा भवन
- भीमसेन मन्दिर
- विरिमकाली मन्दिर
- श्रीनाथ मण्डलीस्थान
- कग्र्यु छोलिङ गुम्बा (पेमा छोलिङ गुम्बा)
- श्रृङगी गुम्बा (सङचेन रप्तेन नोर्वुलिङ गुम्बा)
- राजेन गुम्बा (राजेन ज्याङछुयु छयोलिङ गुम्बा)
- भीम वीरेश्वर मन्दिर
- गणेश मन्दिर (सत्यरुपेश्वर सिद्धि विनायक)
- रामेश्वर मन्दिर
- मुरलीधर नारायण मन्दिर
- दुध पोखरी
- सीतागुफा