श्रीनाथ मण्डलीस्थान
२०६८ पुस १८ गते, सोमवार ०७:३७:४८ बजे
यस श्रीनाथ मण्डली ऐतिहासिक गोरखा जिल्लाको श्रीनाथकोट गाविसको सिरानचोक गाउँमा अवस्थित छ । श्रीनाथ मण्डली तथा कोट विकास समिति र स्थानीय समुदाय मिली पूजा र अन्य व्यवस्थापन सम्बन्धी कार्य गर्दै आएका छन् । स्थानीय मानिसहरु चौबसी राज्यकालमा स्थापना भएको मान्दछन् । द्रव्यशाहको पालामा गणेश पाँडेको मातहतमा गएको गोरखाली फौजले सिरानचोकमा कब्जा जमाएपछि यो गोरखा राज्यको सामरिक महत्वको किल्लाका बन्यो । गोरखा राज्यमा गाभिनु अघि यहाँ भण्डारीथरका राजाले शासन गरेको विश्वास गरिन्छ । सायद त्यसैबेला श्रीनाथमण्डलीको स्थापना भएको हुन सक्दछ । यसरी सोह्रौ सत्रौं शताब्दितिर यस सम्पदाको स्थापना भएको अनुमान गर्न सकिन्छ ।
यहाँ खासै मूर्ति भने छैनन् । प्राकृतिक शिलालाई श्रीनाथ र मण्डलीको अलग अलग प्रतिक मानी पूजा गरिन्छ । पूर्व तर्फ पूरानो घण्ट अद्यापी देख्न सकिन्छ । यो स्थान चतुष्कोणाकार स्वरुपको छ । ढुङ्गा माटोको पर्खाल लगाई छाना विहिन रुपमा बनेको छ । स्थानको लम्बाई ११ मी ७० से।मी। चौडाई ८ मी। २० से।मी। र उचाई २ मी ३० से।मी। छ । यो स्थान दक्षिणाभिमुख छ । झ्याल ढोका सादा छन् स्थान वरिपरि भक्तज
न बस्ने पाटीहरु बनाइएको छ । पूर्वतर्फ श्रृङ्गी ऋषिको नयाँ मूर्ति स्थापना गरिएको छ ।सिरानचोककोटको अन्य महत्वपूर्ण वस्तुहरुमा दक्षिणतर्फ रहेका मुलकोट जेठो कोट माइलो कोट र कान्छो कोट छन् । वरिपरि खाइ समेत निर्माण गरिएका यी कोटहरु प्रस्तरको प्रयोग गरी कलात्मक किसिमले बनाइएका हुन् । मूलकोटमा झिगटीका टुक्राहरु पाइएबाट त्यहाँ दरबार रहेको र छाना झिगटीको भएको भग्नावशेषबाट थाहा हुन्छ । यस्तै दक्षिण पूर्वतर्फ रहेको शिवालय प्रस्तरकलाको दृष्टिले निकै आकर्षक छ । ३ वटा कोटहरु केही दुरीको अन्तरमा रहेका छन् ।
श्रीनाथ मण्डलीमा नित्यपूजाको व्यवस्था छ । थालाजुङ्ग श्रीनाथकोट र अन्य गाविसका मानिसहरु मिली पूजारीको खर्च बेहोर्दछन् । यहाँ न्वागी पर्व पनि साचालन गरिन्छ ।
श्रीनाथ मण्डली स्थान तथा वरिपरिका कोट किल्लाहरु जिर्ण बन्दै गएका छन् ।
प्रतिक्रियाहरू
priyash dhakal : shree nathkot - 2
thanks 2 hamrogorkha.com
bijaya : Dubai
sampurna Gorkha basiko lagi yo gaurabko kura ho.ajhai safaltako chulima pugos vanne kamana garda chu..
यसमा तपाईको प्रतिक्रिया
थप धार्मिक तथा पर्यटकिय स्थलहरु
- गोर्खा पर्यटन
- श्री काली वर्णन
- श्री गोरखकाली दर्शन विधि !
- राधा बल्लभेश्वर मन्दिर
- मु गुम्बा
- गोरखनाथ मन्दिर
- राज गणेश मन्दिर
- जर्नेल धारा
- चौघेरा भवन
- भीमसेन मन्दिर
- विरिमकाली मन्दिर
- कग्र्यु छोलिङ गुम्बा (पेमा छोलिङ गुम्बा)
- श्रृङगी गुम्बा (सङचेन रप्तेन नोर्वुलिङ गुम्बा)
- राजेन गुम्बा (राजेन ज्याङछुयु छयोलिङ गुम्बा)
- भीम वीरेश्वर मन्दिर
- गणेश मन्दिर (सत्यरुपेश्वर सिद्धि विनायक)
- रामेश्वर मन्दिर
- मुरलीधर नारायण मन्दिर
- दुध पोखरी
- सीतागुफा
धेरैले पढेको