राज गणेश मन्दिर
२०६८ पुस १८ गते, सोमवार ०७:३८:१७ बजे
नेपाल सरकारको स्ववमित्व रहेको राज गणेश मन्दिर गोरखा जिल्लाको नगरपालिका वडा नं. १ पोखरीथोकमा रहेको छ ।
यो मन्दिर कसले कहिले बनाएको भन्ने बारे स्पष्ट ऐतिहासिक प्रमाण उपलब्ध नभएपनि रामशाहको वि.सं. १६७१ को अभिलेखमा रामशाहले गणेश आदि देवताहरुको मठ मन्दिर बनाउनु भयो पन्तः २०४५ ऐ. भाग ३ पृष्ठ ६५३ भन्ने उल्लेख भएबाट र रामशाहको धार्मिक उपलब्धीको क्षेत्रमा बढी लगाव भएको देखिएको हुँदा यो मन्दिर पनि रामशाहबाट स्थापना भएको हुन सक्ने सम्भावना प्रवल देखिन्छ ।
राज गणेश मन्दिरको पनि महत्वपूर्ण विशेष रहिआएको छ । यस मन्दिर भित्र गणेशको कलात्मक मूर्ति छ । शिखर शैलीमा निर्मित यो मन्दिर पूर्वाभिमुख छ । मन्दिर १ तहको पेटीमाथि निर्माण गरिएको छ । मन्दिर निर्माणमा ढुङ्गा इटा सुर्कि चुनाको प्रयोग भएको छ । मन्दिरको छानामाथि गजुर छ । एकतले यस मन्दिरको छाना इट्टामाथि बज्र लेपन गरी बनाइएको छ ।
यस मन्दिरमा नित्य पूजा हुन्छ । अन्य विशेष पर्वहरुमा पनि यहु पूजा गरिन्छ । यहाँ मालपोत कार्यालय गोरखाबाट पूजारी नियुक्ती गरिन्छ । मालपोत कार्यालय गोरखाबाट नियुक्त हुने पूजारीले पूजाआजा सम्बन्धी व्यवस्थापन गर्दछन् ।
अतः पुरानो रङ्गरोगन मेटिएकोले मन्दिरमा पुनः रङ्गरोगन गर्न आवश्यक देखिन्छ ।
- गोर्खा पर्यटन
- श्री काली वर्णन
- श्री गोरखकाली दर्शन विधि !
- राधा बल्लभेश्वर मन्दिर
- मु गुम्बा
- गोरखनाथ मन्दिर
- जर्नेल धारा
- चौघेरा भवन
- भीमसेन मन्दिर
- विरिमकाली मन्दिर
- श्रीनाथ मण्डलीस्थान
- कग्र्यु छोलिङ गुम्बा (पेमा छोलिङ गुम्बा)
- श्रृङगी गुम्बा (सङचेन रप्तेन नोर्वुलिङ गुम्बा)
- राजेन गुम्बा (राजेन ज्याङछुयु छयोलिङ गुम्बा)
- भीम वीरेश्वर मन्दिर
- गणेश मन्दिर (सत्यरुपेश्वर सिद्धि विनायक)
- रामेश्वर मन्दिर
- मुरलीधर नारायण मन्दिर
- दुध पोखरी
- सीतागुफा