मु गुम्बा

२०६८ पुस १८ गते, सोमवार ०७:३८:३३ बजे

गोरखा जिल्लाको मु गुम्बा छेकम्पार गाविस वडा नं। ९ मा रहेको महत्वपूर्ण सम्पदा हो । यो गुम्बा कहिले कसले बनाएको हो भन्ने बारे जानकारी दिने स्पष्ट प्रमाण उपलब्ध छैन । स्थानीय मानिसहरु यसलाई १०० वर्षभन्दा पुरानो मान्दछन् ।

 

गुम्बाका संस्थापक लामा डुक्पा रिक्पोछे हुन् । यस गुम्बाको हाल सम्म कुनै जिर्णोद्धार कार्य भएको छैन । यो गुम्बा स्थापनाबारेमा स्थानीय किम्वदन्ती अनुसार शुरुमा यस गाउँमा बोटबिरुवाहरु राम्रो नभएको पशुपंक्षीहरु तथा मानिसहरुमा विभिन्न रोग लागि बिरामी पर्ने आदि विभिन्न समस्याहरु देखापरेपछि हेलम्बुबाट ल्याइएका डुक्पा लामाले गाउँमा सबैको कल्याण र शान्तीको कामना गर्दै यो गुम्बा यहाँ स्थापना गरेको विश्वास गरिन्छ ।

 
यस गुम्बाभित्र वेदीकामा गुरु रिम्पोछे शाक्य थुवा च्याङग्रेसी र ढोल्माका मृण्मय मूर्तिहरु रहेक छन् । यी सबै मूर्तिहरु बिसौं शताब्दीको आरम्भतिरका भएको अनुमान गर्न सकिन्छ । वर्गाकार यो गुम्बा पूर्वाभिमुख र १ तले छ । गुम्बामा स्लेटको २ पाखे छाना रहेको छ । गुम्बाको नाप लम्बाई ८ मी चौडाई ८ मी र उचाई करिब २४÷२५ फिट छ । ढुङ्गा माटो र काठबाट गुम्बा बनेको छ । गुम्बाको मौलिक स्वरुपमा कुनै परिवर्तन भएको देिखंदैन । गुम्बाभित्र ४ पाटे आकारका ४ वटा काठका खाँवो थाम छन् ।

 
यहाँ बिहान बेलुका नित्य पूजा हुन्छ । धुप दीप नैवेद्य प्रसाद आदी प्रयोग गरी नित्य पूजा गरिन्छ । तिब्बती पात्रो अनुसार प्रत्येक महिनाको १० र २५ गते गुरु रिम्पोछे हरेक महिनाको ३ दिनसम्म ल्हाप्साङ र प्रत्येक महिनाको अष्टमी पूर्णिमा र औंशीमा ढोल्मा तारा को पूजा गरिन्छ । यस्तै गरी ङ्युने पूजा जेष्ठ शुक्ल पूर्णिमामा १५ दिन सम्म गरिन्छ । यहाँका हालका अवतारी लामा डोल्पा रिम्पोछे हुन् । यहाँ २४ जना ढावा भिक्ष्ाहरु हरुले लामा धर्म अध्ययन गरिरहेका हुन् । 
यस गुम्बामा धार्मिक तथा शैक्षिक रुपमा प्रयोग हुदै आएको छ ।


गुम्बाका लामा र ढावाहरुको संयुक्त प्रयासमा गुम्बाको पूजा र अन्य व्यवस्थापन हुँदै आएको छ । यस गुम्बाबो भौतिक अवस्था अवस्था जिर्ण रहेको छ तसर्थ गुम्बाको मौलिक स्वरुप कायम रहने गरी आवश्यक मर्मत सम्भार यथासिघ्र गर्नुपर्ने देखिन्छ ।

 

प्रतिक्रियाहरू

Keshav Lamichhane : Simjung 7,Gorkha

hamrogorkha.com lai dheri dhanyabad kinaki hamrogorkha.com le garda hamile gorkhako barema dheri kura janna paiyo.jhalla bhume ko barema pani janakari dinubhayena ajha sunma sugandha hune thiyo.


यसमा तपाईको प्रतिक्रिया