भीमसेन मन्दिर
२०६८ पुस १८ गते, सोमवार ०७:३७:५८ बजे
ऐतिहासिक गोरखामा धेरै महन्वपूर्ण सम्पदाहरु रहेको छ । यस मध्य गोरखा नगरपालिकाको वडा नं. १ ठूलो आँगनमा भीमसेन मन्दिर ऐक हो । यो मन्दिर कहिले कसले बनाएको हो भन्ने बारे ऐतिहासिक प्रमाण उपलब्ध छैन । तैपनि मन्दिरको मूलढोका बाहिर दायाँतर्फ भित्तामा रहेको वि.सं. १८३९ को शिलालेखमा गोरखा पोखरीथोकमा भीमसेन देवतालाई क्षेपु र तोरण नेवार व्यापारीका नेवारनीहरु मिली चढाएको कुरा उल्लेख गरिएबाट सो मिति भन्दा अगावै कुनै समयमा मन्दिर बनि सकेको संकेत मिल्दछ । यसरी अठारौं शताब्दी ताका मन्दिर निर्माण भएको हुन सक्ने प्रवल सम्भावना देखिन्छ । यसको जिर्णोद्धार पछिल्लोपटक २०४२/०४३ मा भएको हो । यस मन्दिरमा परम्परागत मौलिकता काष्ठकला बाहिरी आवरण रहेको छ जसले गर्दा यो मन्दिरको राम्रो पनि रहेको छ ।
यस मन्दिर भित्र भिमसेनको मूर्ति रहेको छ । मन्दिर नेपाली बहुछाने शैलीमा निर्मित छ । मन्दिर पूर्वाभिमुख २ तले छ । मन्दिरको छाना धातुको छ र शिरोभागमा धातुको गजूर छ । यस मन्दिरमा गारो इट्टाको छ । झ्याल ढोका काठका सादा किसिमका छन् । मन्दिरको मौलिक स्वरुप केही परिवर्तन भएको छ । यो मन्दिर १ तहको पेटीमाथि निर्माण गरिएको छ ।
यहाँ दैनिक पूजा हुन्छ । पूजाको लागि नेवार समुदायको गुठी सकि्रय छ ।
स्थानीय समुदाय मिली मन्दिरको पूजा पर्व र अन्य व्यवस्थापन गर्दै आएका हुन् ।
BIMAL : PATECHAUR
IT,S A GOOd task; BETTER NEWS;AND BRILLIANT JOB IN THE HISTORY OF GORKHA BECAUSE I AM GORKHALI @PROUD TO BE GORKHALI REMEMBER U R GORKHALI (NEPALI) OR EVEN HINDU IT'S BECAUSE4 YOU R BORN IN NEPAL PLZ LEARN TO GEET GAUNAE TO GORKHALI BHAKA OR NEPALI BHAKA IN FRONYT OF THE WORLD .....!
BIMAL : PATECHAUR
Dai ma bimal...... plz i am very very glad to find u in the place which is good may be the best !dai guru gorakh nath bless u to make all gorkhali people living well& to fulfill your wish...
- गोर्खा पर्यटन
- श्री काली वर्णन
- श्री गोरखकाली दर्शन विधि !
- राधा बल्लभेश्वर मन्दिर
- मु गुम्बा
- गोरखनाथ मन्दिर
- राज गणेश मन्दिर
- जर्नेल धारा
- चौघेरा भवन
- विरिमकाली मन्दिर
- श्रीनाथ मण्डलीस्थान
- कग्र्यु छोलिङ गुम्बा (पेमा छोलिङ गुम्बा)
- श्रृङगी गुम्बा (सङचेन रप्तेन नोर्वुलिङ गुम्बा)
- राजेन गुम्बा (राजेन ज्याङछुयु छयोलिङ गुम्बा)
- भीम वीरेश्वर मन्दिर
- गणेश मन्दिर (सत्यरुपेश्वर सिद्धि विनायक)
- रामेश्वर मन्दिर
- मुरलीधर नारायण मन्दिर
- दुध पोखरी
- सीतागुफा