गोर्खा परिचय

२०६८ पुस ५ गते, मंगलवार १०:१८:२९ बजे

गोरखा जिल्ला पश्चिमान्चल विकास क्षॆत्र अन्तर्गत पर्ने गण्डकी अन्चलको उत्तर पुर्वी सिमानामा अवस्थित छ। गोर्खा जिल्लको पूर्वमा धादिङ र तिब्बत पश्चिममा लमजुङ मनाङ तिब्बत उत्तरमा तिब्बत र दक्षिणमा चितवन तनहु धादिङ जिल्ला पर्दछ ।

भौगोलिक स्थिति अनुसार यो जिल्ला २७.१५ डिग्री देखि २८.१५ डिग्री अक्षांश र ८४.२७ डिग्री देखि ८४.५८ डिग्री देशान्तरमा अवस्थित छ । साथै यसको कूल क्षॆत्रफल ३६१० वर्ग किलोमिटर रहेको छ भने यो जिल्ला समुद्री सतहदेखि करिब २२८ मिटरदेखि ८१६३ मिटर सम्मको उचाईमा रहेर उत्तर दक्षिणमा फैलिएको छ । जिल्ला सदरमुकाम गोरखा बजार समुद्र सतहदेखि ११०० मिटरको उचाईमा रहेको छ ।

राजनीतिक विभाजन अनुसार गोर्खा जिल्ला एक नगरपालिका तथा ६६ गाविसमा विभाजित छ । यस जिल्लामा १३ वटा इलाकाहरु र ३ वटा निर्वाचन क्षॆत्र रहेका छन् । ऐतिहासिक गोरखा दरवार प्रसिद्ध मनकामना देवीको मन्दिर गोरखनाथ मन्दिर यस जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरु हुन् । गोरखाबजार आरुघाट आर्खेतबजार यस जिल्लाको प्रमुख व्यापारीक स्थानहरु हुन् ।


भौगोलिक अवस्थिति

२०६८ पुस १३ गते, वुधवार १२:३४:४६ बजेअक्षंश   :  २७०१५' देखी २८०१५'   
देशान्तर : ८४०२७' देखी ८४०५८'
क्षेत्रफल   : ३६१० वर्ग किलोमिटर
उचाइ  : २२८ मिटरदेखि ८१६३ मिटरसम्मका

जनसांखीकी

२०६८ चैत १ गते, वुधवार १२:४१:१६ बजेगोरखा जिल्लाको जनसांखीकी

विद्युत सुविधा पुगेको न.पा. र गा.वि.स

२०६८ पुस २५ गते, सोमवार १७:४७:१० बजे

विद्युत सुविधा पुगेको न.पा./गा.वि.स संख्या :- ३०
ताप्ले गा.वि.स
देउराली गा.वि.स
वगुवा गा.वि.स

मोटर बाटो पुगेको न.पा. र गा.वि.स.हरु

२०६८ पुस २५ गते, सोमवार १७:०६:३३ बजे

मोटर बाटो पुगेको न.पा./गा.वि.स. संख्याः - ५२

निर्वाचन क्षेत्र  १
१७ वटा गा.विस. र  १ नगरपालिका
गोरखा नगरपालिका

राजनैतिक विभाजन

२०६८ पुस २५ गते, सोमवार १७:०३:५५ बजे

संसदिय निर्वाचन क्षेत्र  : ३
जिल्ला विकास समिति इलाका संख्या : १३
नगरपालिका संख्या  : १
गाउँ विकास समिति संख्या : ६६
वडा संख्या (गा.वि.स. : ५९४ + नगरपालिका ११) : ६०५
जिल्ला संसदिय निर्वाचन क्षेत्र अनुसार जि.वि.स. इलाका गा.वि.स. र नगरपालिकाको विवरण

जल भण्डार

२०६८ पुस २५ गते, सोमवार १६:४९:४४ बजे

मुख्य नदी : बुढी गण्डकी, चेपे दरौदी, मस्र्याङदी, त्रिशुली, स्यार खोला
ताल : कल्छूमन, विरेन्द्र
पोखरी : नारद पाखरी, दुध पोखरी, भुलभुले खार, रानीपोखरी, निम्चे पोखरी

हिमशिखर

२०६८ पुस २५ गते, सोमवार १६:४०:३८ बजे

१. मनासलु ८१६३ मिटर
२. हिमालचुली पूर्व ७८९५ मिटर
३. नागधी चुली  ७८७१ मिटर
४. हिमालचुली पश्चिम ७५४० मिटर
५. हिमालचुली उत्तर ७३७१ मिटर
६. मनासनु उत्तर ७१५१ मिटर
७. बौद्ध हिमाल  ६६७२ मिटर

वर्षा एवं तापक्रमको स्थिति

२०६८ पुस २५ गते, सोमवार १६:२२:४३ बजे

यो जिल्ला सामान्यतयाः मनसुनी पर्दछ । गरेर जेष्ठको अन्त्यतिर मनसुन शुरु भई भाद्रको अन्त्यसम्म रहन्छ । हिउँदमा पश्चिमी वायूले वर्षा गराउँछ । हिमाल पहाड वशी र टारहरुको भौगोलिक विविधताले गर्दा तापक्रम एवं वर्षा एकनास छैन । उत्तरी क्षेत्रमा बाह्रै महिना जाडो हुन्छ । भने दक्षिणी टारमा तराईमा जस्तै प्रवल गर्मी हुन्छ । यस जिल्लामा प्रायः चैत्र/वैशाखमा असिना पर्छ । यस जिल्लाको वार्षिक तापक्रम एवं वर्षा औषत रुपमा निम्न अनुसार छ ।

हावापानी

२०६८ पुस २५ गते, सोमवार १६:००:३० बजे

१. उष्ण हावापानी (Tropical Climate)
२. सम-शितोष्ण (Sub- Tropical Climate)
३. शितोष्ण हावापानी (Cool Temperate Climate)
४. हिमाली/ लेकाली हावापानी (Alpine Climate)

सिमाना

२०६८ पुस २५ गते, सोमवार १५:५९:१२ बजे

पूर्व : धादिङ, तिब्बत, चिन  
पश्चिम : तनहु, लमजुङ, मनाङ, तिब्बत, चिन
उत्तर : तिब्बत, चिन
दक्षिण : चितवन, तनहु, धादिङ, जिल्ला

जिल्लाको नामाकरण प्रसंग

२०६८ पुस २५ गते, सोमवार १५:५७:२० बजे

गोरखावासीहरुका आराध्य देवता योगी गोरखनाथको नामबाट वा गाईको रक्षा गो रक्षा गरिने ठाघ्उ भएकोले सोही आधारमा यो ठाँउको नाम 'गोरखा? रहेको मानिन्छ । नेपाली भाषामा घाघ्सको फाघ्टलाई खर्क मानिने गरेकोमा खर्क शब्द विकृत भएर गर्ख, गर्खा हुदाघ्हुदै गोरखा भएको मानिन्छ ।

यसमा तपाईको प्रतिक्रिया