श्रीनाथकोट

२०६८ पुस १२ गते, मंगलवार १३:१०:३२ बजे
गोरखा जिल्लाको सदरमुमानबाट करिब २४ कि. मि. उत्तरतर्फ रहेको एक ऐतिहासिक कोट हो । मोटर गुड्ने सडकको अभावले गर्दा यस कोट सम्म पुग्न ६/७ घण्टा लाग्छ ।

पूर्वमा ताकुकोट पश्चिममा थालाजुङ्ग उत्तरमा जौवारी र दक्षिणमा छोप्राक र गुखु गा.वि.स. को बीचमा अबस्थित कोट नै सिरानचोक कोट हो । यो टापु समुन्द्र सतहबाट करिब १९७४ मीटरमा रहेको छ ।
 
प्राचिन इतिहासलाई हेर्दा परापूर्बकालमा नाथ सम्प्रदायका एक जना जोगीले सिरानचोकमा मण्डली नामकी शक्ति अर्थात देवीको मुर्ति स्थापना गरी उक्त मूर्तिमा नित्य पूजा प्राथना गर्ने गर्दथे । उक्त मण्डली देवीको मन्दिरमा तिर्ने श्रीनाथ बाबाले दैनिक पूजा आरधना गर्ने भएकाले उक्त मन्दिरको नाम पनि श्रीनाथ मन्डली रहन गएको हो भन्ने भनाइ छ । तिनै देवी र श्रीनाथ बाबाको आश्रम लिएर १६औं शताब्दीमा एक भण्डारी थरको राजाले सिरानचोक कोटमा राज्या स्तापना गरि आफ्नो राज्यलाई सिरानचोक कोट नामकरण गरेको पाइन्छ । प्राचिनकालमा स्थापनमा गरिएको श्रीनाथ मण्डली मन्दिरलाई तत्कालीन राज्यले इष्ट देवताको रुममा पूजा स सम्मान गर्ने गरेको पाइन्छ ।

यसमा तपाईको प्रतिक्रिया