बुंकोट
२०६८ पुस १२ गते, मंगलवार १३:०९:२४ बजेभरत शर्मा, गाविस सचिव बुंकोट
गोरखा जिल्लाको मध्यपूर्वी भागमा अवस्थित गा.वि.स. बुंकोट एक पहाडी गाउँ हो । शाब्दिक अथृमा बुङ् र कोट शब्दको सिङ्गो रुप बुंकोट हुन आउँछ । उकीकरण पूर्व विभिन्न राज्य रजौटाहरको शासन केन्द्र जहाँ पछि कोटको रुपमा पूजाआजा गर्ने चलन देशमा धेरै ठाउँमा विद्यमान छ । तदनुरुप बुंकोट कालीको नामबाट यस गा.वि.स. को नाम पनि बुंकोट राखिएको तथ्य बुझ्न सकिन्छ । त्यस्तै नेपालका प्रथम सहिद लखन थापाको जन्मभूमी भएको कारण पनि यस गा.वि.स. को अस्तित्व अन्य गा.वि.स. को भन्दा विशिष्ट खालको छ भन्नु अत्यक्ति हुदैन ।
गोरखा जिल्लाको भौगोलिक नक्शामा यस गा.वि.स. को पूर्वमा नाम्जुङ्ग र बोर्लाङ्ग गा.वि.स. पश्चिममा गोरखा नगरपालिका र 'नाम गा.वि.स. उत्तरमा ताप्ले र अश्राङ्ग गा.वि.स. को साथै दक्षिणमा घैरुङ्ग गा.वि.स. अवस्थित छ । निर्वाचन क्षेत्रको आधारमा जिल्लाको १ नम्बर क्षेत्र तथा इलाकाको आधारमा २ नं. इलाकामा पर्ने बुंकोट गा.वि.स. सदरमुकामबाट ५ कोश टाढा रहेको छ । गा.वि.स. को कूल क्षेत्रफल ३०.४२ वर्ग किलोमिटर रहेको छ । जस अनुसार परिधि ३२७४८.९४ मीटर तथा हेक्टरमा क्षेत्रफल ३०४१.७४ हेक्टर हुन आउँछ । वि.सं. २०५८ को जनगणना अनुसार यस गा.वि.स. को कूल जनसंख्या ७४७८ जना रहेको छ । जसमध्ये ३२९५ जना पुरुष तथा ४१८३ जना महिलाको जनसंख्या रहेको छ । नेपाल एक बहुजातिय बहुधार्मीक बहुभाषिक बहुसाँस्कृतिक राज्य भएजस्तै यस गा.वि.स. मा पनि ब्राम्हण, क्षेत्री, नेवार, मगर, गुरुङ्ग, कामी, दमाई, सार्की जस्ता हिन्दु र बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता पाइन्छ ।
यस गा.वि.स. को प्रशासनिक कार्यालय अन्तर्गत गाउँ विकास समितिको कार्यालयको अलावा एक स्वास्थ चौकी एक पशु सेवा उपकेन्द्र एक कृषि सेवा सम्पर्क कार्यालय इलाका हुलाक कार्यालयबाट सेवा सम्बन्धी काम कारवाही चलिरहेका छन् भने एक संरक्षणविहिन अवस्थाको घरेलु कार्यालय पनि रहेको छ ।
शैक्षिक केन्द्रको रुपमा हेर्दा यस गा.वि.स. मा एक उच्च मा.वि. १ प्रस्तावित मा.वि. १ प्रस्तावित नि.मा.वि. तथा ८ ओटा प्राथमिक विद्यालयबाट शैक्षिक पठनपाठनको कार्य भैरहेको छ भने एक प्राथमिक तहको बोर्डिङ्ग स्कूल पनि साचालनमा रहेको छ । गा.वि.स. मा दलित बस्ती पनि बाक्लो रहेको र त्यो समुदायको उत्थानको प्रयास स्वरुप गा.वि.स. को सहयोगमा २ ओटा प्रारम्भिक वाल विकास केन्द्र (ECD) पनि संचालन भईरहेको छ ।
नगरपालिका सहितको सदरमुकामको नजिक रहेको गाउँको हैसियतले भौतिक विकासलाई तुलनात्मक रुपमा त्यति सन्तोषजनक मान्न नसकिए पनि प्रायः गा.वि.स. को बचि भागबाट पूर्वदेखी पश्चिमसम्म कच्ची मोटरबाटो निर्माण गरिएको छ । खानेपानीको सुविधा भए पनि पर्याप्त हुन सकेको छैन भने गा.वि.स. को लगानीमा विद्युतीकरण कार्यलाई तीब्र पारिएको छ ।
वातावरणीय दृष्टिकोणले कूल भू-भागको ४३% जमिन वनजंगलले ढाकेको हुनु आवश्यक मानिन्छ । बुंकोटको कूल भू-भागको ४९.७२% अर्थात १५१२.५० हेक्टर भूभाग वन क्षेत्रले ढाकेको छ । समशीतोष्ण हावापानी पाइने भएकोले साल, चिलाउने, कटुस देखी सल्ला उत्तीससम्मका रुखहरुको लागी उहाँको वातावरण अनुकुल देखिन्छ ।
कृषि प्रधान देश नेपालको यो गा.वि.स. को पनि मुख्य आर्थिक स्रोत कृषि नै हो तर पहाडी गाउँ खोँच, कुना, डाँडाकाँडा, भिरालो, जमिन िसंचाईको अपर्याप्तता र परम्परागत कृषि प्रणालीमा आधारित खेतीको जीवनस्तर उकास्न भने निकै कडिन देखिन्छ । यद्यपि गाउँको कूल भूभागको ४४.६८% प्रतिशत अर्थात १३५९ हेक्टर भूमी भने कृषि कार्यको लागी योग्य मानिएको छ । कोदो, मकै, धान, आलु, काउली, बन्दा, रायो आदी खाद्य तथा तरकारी वालीहरु उब्जनी हुने यस गाउँ आँप, नासपाति, केरा, सुन्तला, कटहर आदी फलफूल खेती पनि राम्रै हुने गरेको छ । त्यस्तै गरी यहाँ भैंसी, बाख्रा, बंगुर, कुखरा, हाँस, परेवा आदी पालिन्छन् ।
ज्यादुल खोला, लुदी खोला, खाब्दी खोला, राना खोला, बही खोला, खाल्टे खोला, कदम खोला आदी साना-ठूला खोलानाला यस ग.वि.स.मा बग्ने भएता पनि पहाडी जमिनको तल्लो भागबाट बग्ने भएकोले िसंचित क्षेत्रमा आधुनिक पम्पिङ प्रविधि प्रयोगमा ल्याउन सकिएको छेन । त्यसैले गाउँको उच्च भागमा कोदो, मकै, घैया नै प्रमुख वाली हुने गर्दछ भने होचो भू-भागमा िसंचाइको लागी विशेष
कार्यक्रम तथा जिल्ला कृषि कार्यालयको साना िसंचाइ विशेष कार्यक्रम मार्फत निर्माण तथा ममृत सम्हार भएका साना-ठूला िसंचाई कुलाहरु संचालन भएकोले केही राहत पुगेको छ ।
गा.वि.स. क्षेत्रमा देखिएका सवल पक्षहरु :
१. उच्च मा.वि. सम्मको पहुँच गाउँमै भएकोले शैक्षिक प्रगति कम खर्च तथा शहरसम्मको पहुँच नहुने न्यून आय भएका मानिसलाई ठूलो राहत पुग्नु ।
२. खेती कार्यको लागि माटो उब्जाउ हुनु ।
३. नगदेवालीको लागी कृषक आकर्षित हुनु ।
४. सदरमुकाम नजिक रहेकोले आवतजावतमा सुविधा हुनु ।
५. इलाका स्वास्थ्य कार्यालय कृषि पशु (Vaterinary),हुलाक लगायतका कार्यालयको स्थापना यसै गा.वि.स. मा हुनु ।
६. प्रशस्त शैक्षिक संस्थाहरुको स्थापना हुनु ।
७. प्रशस्त मात्रामा वनजंगल हुनु ।
यसमा तपाईको प्रतिक्रिया