ताप्ले

२०६८ पुस १२ गते, मंगलवार १३:०८:४८ बजे
श्री देवी प्रसाद श्रेष्ठ
नेपालको  पश्चिमान्चलविकास क्षेत्र अन्तर्गत गण्डकी अन्चल गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं १ मा यस ताप्ले गाविस पर्दछ । यस जिल्लासदरमुकाम देखि पूर्वोत्तर दिशा तर्फ १२ किमि को दुरीमा अवस्थित यस गाविस जिल्लाको पूर्वोत्तर क्षेत्र तर्फ वगमन गर्ने प्रमुख द्वारको रुपमा रहेको छ । यस गाविसको पूर्वमा बगुवा र अश्राङ्ग गाविस पर्दछन् भने पश्चिममा नारेश्वरर गाँखु गाविस पर्दछन् । यसै गरी उत्तर तर्फ मसेल गाविस र दक्षिण तर्फ फिनाम र बुङ्गकोट गाविस पर्दछन् ।


भौगोलिक अवस्थाः-
गोरखा जिल्लाको मध्य पहाडी भागमा पर्ने यस गाविस समुन्द्र सतह देखि ४८० मी। निम्न उचाई भाग देखि १२७१ मी। उच्च उचाइ भाग सम्म रहेको छ । सबै भन्दा होचो भाग निबेल शिखर पर्दछ भने सबै भन्दा उच्च भाग ताप्लेकोट भन्ने स्थान पर्दछ । यस गाविस ८४०३८ु५४ पूर्व देखि ८४०४३ु२२ू पूर्वी देशान्तर सम्म र २७०५९ु२२ू उत्तर देखि २८००३ु१३ू उत्तरी अक्षांश भित्र पर्दछ । यस गाविसको शीरको रुपमा रहेको ताप्लेकोट भन्ने उच्च भागबाट उत्तर र पूर्व जमिनको भाग भन्दा दक्षिण र पश्चिम तर्फको जमिनको भाग मानिस वसोवास गर्न योग्य हुने गरी केहि भिरालो र केहि समथर हुँदै फैलिएको छ । कूल क्षेत्रफल १४७२।१८३ हेक्टर रहेको यस गाविसमा लगभग २५% कालो माटो र ७५% रातो माटोले ढाकिएको छ । प्राकृतिक मानचित्रमा हेर्दा त्रिभुज आकारमा देखिने यस गाविसमा समशितोष्ण हावापानी पाइन्छ ।

जनसंख्याः-
यस गाविसको मूख्य गाउँ कोखे र ताप्ले होतापनि स-साना वस्तीका टोलहरु ४६ वटा छन् । यस गाविसको कूल घर धुरी संख्या १०२७ मा महिला ३००३ र  पुरुष ३०४७ गरी कूल जनसंख्या ६०५० रहेको छ पूरा गाविसको तथ्याङ्क र जनगणना २०५८ बाट देखिन्छ सो संख्या मध्ये हिन्दु सम्प्रदायका ८१% र इस्लाम धर्म मान्ने मुस्लिम सम्प्रदायका १९५ छन् । पेशागत रुपमा नोकरीमा ९% उद्योग व्यारमा १।५% र बाँकी ८९।५% कृषिमा संलग्न भएको पाइन्छ ।


शैक्षिक अवस्थाः-
यस गाविसमा शिक्षाको ज्योति प्रश्वलन गर्ने कार्य वि।स। २०१२ सालमा भएको पाइन्छ । गाविसको केन्द्र विन्दु वडा नं।४ मा स्थापीत श्री महालक्ष्मी प्रावि वि।स। २०४२ सालमा माविको रुपमा साचालन भई २०५० बाट प्रवेशिका परिक्षा दिन शुरु गरेको पाइन्छ । त्यसपछि स्थापीत विद्यालयहरु श्री जनज्योति निमावि वडा नं। ९ श्री कालिका देवी प्रा।वि। वडा नं। ८ श्री वाघ भैरव प्रावि वडा नं। २ श्री दया ज्योति प्रावि वडा नं। १ र श्री रजविया हनफिया प्रावि वडा नं। ५ मा रहेको छ । भाषागत विकासका लागि मुस्लिम वस्तीहरु अन्तर्गत वडा नं। १ ४ र ५ मा मदरसा विद्यालय स्थापीत छन् । जहाँ मुस्लीम परिवारका बाल-वालिकाहरु  आफ्ना जातिगत भाष उर्दु शिक्षा लिनेदिने कार्यहरु गर्दछन् । गाविसको रेकर्ड शैक्षिक सत्र २०५८ अनुसार कूल विद्यार्थी संख्या १६४० मध्य छात्र ८६३ र छात्राको संख्या ७७७ भएको देखिन्छ । यस गाविसमा गरिबी र अशिक्षाको कारणबाट शैक्षिक विकास मन्द गतिमा रहेको पाइन्छ । शिक्षाको अभावबाट पीडित यस गाविसमा क दरवन्दीमा मात्र सरकारी अनुदान प्राप्त भएको हुँदा बाँकी १७ दरवन्दि मध्ये ६ वटा निजी स्रोतबाट राख्न जनताहरु वाध्य छन् भने नपुग शिक्षकबाट वाल वालिकाहरु शिक्षा लिन वन्चित रहेको पाइन्छ । 

प्रतिक्रियाहरू

yam bilas bhattarai : taple 8

ताप्लेको janakari dinu bhayako ma devi sir ra hamro ghrkha .com lai thanks


Nabaraj Paneru : Taple 7

thanks for information of Taple vcd and do more


rajan bohara : taple 2 bohara gaun

Taple ko barema naya news haru update garauna paryo.sthaniya prasasan nahuda hami jo sukai le pani help garna sak6au. As u or i


sujit man shrestha : arghautta pauwa

thank you sir for inform about our taple and go up to date forther


स‍न्दिप भट्ट : ताप्ले-6 गोरखा

कतिपय कुरा म ताप्लेकै बासिन्दा भएर पनि म मा अनभिग्यता थियो तर आज विस्तृत रुपमा थाहा हुने मौका दिनु भएको मा म देवी सरलाइ धेरै धेरै धन्‍यवाद दिन चाहान्छु ।


यसमा तपाईको प्रतिक्रिया