घ्याल्चोक

२०६८ पुस १२ गते, मंगलवार १३:११:०३ बजे

विदुर तिमिल्सिना (हागोस)

गोरखा जिल्लाको सुदुर दक्षिण पाटामा रहेको बुढी गण्डकी र त्रिशुलीको काखामा हुर्किएको एउटा गाविसले परिचित यस घ्याल्चोक तरकारी खेतीको लागि नमुना क्षेत्र बनको छ ।

 भौगोलिक वातावरण अनुसार समुन्द्र सतहबाट ४२५ मि. उचाइमा रहेको यस क्षेत्रलाई इतिहासलाई हेर्दा यहाँको सबै जसो ध्यान तरकारी तथा नगद आयआर्जनको मुख्य ठाउँ भनी चिनिन्छ । सामान्यतया यस क्षेत्रमा पहिला पहिला गुरुङ घले जातजातिको बसोवास रहेको यस गाविसको नाम पुरानो किंवदन्ती अनुसार घले शब्दबाट अपभ्रंश भई घ्याल्चोक रहेके भन्ने भनाई पाइन्छ ।

 

यस गाविसको जनजातिको सङ्ख्यालाई हेर्दा पनि अनुमान गर्न सकिन्छ कि सम्भव यो कथन ठीक रहेको पाइन्छ । किनकि यस ठाउँको तल्लो बेशी भाग ज्यादै गर्मी रहेको कारणले औलो लाग्छ भन्ने भयका साथ गुरुङ घले जातजाति चिसो हावा पानी खोज्दै उकालो लागेको र ब्राम्हमण क्षेत्री समुदाय सम्म टारतफै उन्मुख भएको पाइन्छ । यस गाविसको विगत दुइ दशक र अहिलेको अवस्था हर्दा धेरै फरक पाइन्छ ।

लगभग वि.सं. २०३५-२०४२ साल सम्मको यहाँको किसानहरुको अवस्था ज्यादै कठिनाईको साथ गएगुजि्रएको थियो । यस क्षेत्रको आय आर्जनको स्रोत न्यून अर्थात अति नै कमजोर केही जग्गा जमिन हुने किसानहरुको मंसीरमा २/४ मुरी मास हुन्थ्यो भने अन्य किसानहरुको हातमा रातो पैसा हुदैनथ्यो । यस गाविस को ठूला-ठूला टार जस्तो पल्लोटार, माझटार, चुम्लिङ्गटार , चुवा टार सिमलटार र कल्टार जस्तो कहलाएकोटार करिब वर्षको ४ महिना मात्रै उपयोगमा आउथो भने अन्य समया डिंगा र बयल जुध्ने, हरियो भन्ने कुरा देख्नसम्म नपाउने धुलो उड्ने टारको रुपमा चिनिन्थ्यो । आज त्यसको ठीक विपरित भएको छ ।

माथि उल्लेख गरिएको टार लगायत खेत जस्तो शेराफाँट

, कान्लेफाँट, अम्बोटेफाँट, निम्बोफाँट बडहरेफाँट फुडौरीफाँट, कौडीफाँट कहिल्यै खाली रहदैन । वर्षको लगभग ३६५ दिन जस्तो उब्जाउ भइरहन्छ । यस क्षेत्रका किसानहरुको जीवनस्तर धेरै अगाडी बढि रहेको छ । यस क्षेत्र हरेक दृष्टकोणबाट आशाको केन्द्र विन्दु रहेको छ युद्धकालदेखि हरेककालखण्डमा घ्याल्चोकले अग्रणी भूमिका निर्वाह गरेको छ । युद्धकालमा घ्याल्चोकको तरकारी तथा दूधले निकै चर्चा पाएको कुरा जानकारी लिन पाइन्छ । घ्याल्चोक वासीको जीवनस्तर धेरै माथि हुनाको प्रमुख कारण नै यस घ्याल्चोक गाविसको तर कारी तथा दूधको उत्पादनले बजार लिएको छ । यस भेगका किसानहरले आफूलउत्पादन गरेको नगदेवाली विशेषत (तरकारी) सहकारी संस्था मार्फत धुषा गाविस (धादिङ) वडा नं १ गजुवा भन्ने ठाउँमा सङ्कलन गरि विक्रि वितरण गर्दै आफ्नेा दैनिक आवश्यकता टार्ने गरेको पाइन्छ ।

समग्रमा भन्नुपर्दा घ्याल्चोक बासीले लिएको तरकारी बालीको उत्पादन संगै यस क्षेत्रका किसान महिलाहरुको स्वास्थ्य अवस्थालाई पनि निकै असर पुर्‍याएको छ । नगद आय आर्जन्ाको हिसाबले हेर्दा यहाँको किसानहरुले वाषिर्क थोरैमा ३० हजार र बढीमा ३ लाखसम्म लिने गरेको तथ्य देख्न सकिन्छ । यस गाविसलाई तीन भागमा विभाजन गरी हेर्दा यस्तो देखिन्छ वडा नं. १,२,३,४,६ र ७ को आधा भाग लेकाली, माथिल्लो भूगालमा पर्दछ । जहाँ विशेष गरी वडा नं. ४ बेनीगाउँ भन्ने ठाउमा सुन्तला खेती निकै फस्टाएको पाइन्छ । यस क्षेत्रमा विशेषत गुरुङ तथा नेवार जातिको बाहुल्य रहेको छ भने अन्य वडामा विभिन्न जातजातिको छ्यासमिस बसोबास रहेको पाइन्छ ।

 

यस क्षेत्रमा पनि नगद आयआर्जन्को प्रमुख श्रोत तरकारी, सुन्तला खेती र अन्य पेशाको सहायाताले दैनिक जीवन गुजरा गर्दै आएको पाइन्छ । अर्केा क्षेत्र विशेषः वडा नं. ५ को आधा भाग नं ६ को आधा भाग र वडा नं. १ को केही भाग जहा फुडौरी कौडी, तथा कल्टार जस्तो खेती योग्य भूमि रहेको छ । त्यहाका किसानहरुले अब्बल किसिमको बाली तरकारीलार्य घनिभूत रुपमा उच्पादन गरेर आफ्नो आर्थिक अवस्था ज्यादै अगाडि पुर्‍याउने काम गरिरहेका छन् । तेश्रो भाग भनेको वडा नं. ५ को आधा वडा न. ८ र ९ पर्दछ । यो भाग घ्याल्चोक गाविसको राजधानी मानिने यस क्षेत्रमा विशेषत माँझटार पल्लोटार सेराफाँट अम्बोटे, निम्बोटे,जुडी जस्ता कहलाएका टार तथा सिंचित भूभाग पर्दछन् । यस का रणले पनि आम्दानीका लगभग ४५ प्रतिशत हिस्सा ओगटेको छ । त्यसकारण आयआर्जन निकै उपयुक्त ढङ्बाट अगाडि बढेको छ । घ्याल्चाकेका किसानहरु निकै मेहनति छन् । तर यस क्षेत्रमा सिंचाइको ज्यादै कठिनाई छ । खोला सुकिसकेका छन् । वर्षा निकै कम हुने भएकाले सङ्कटग्रंस्त क्षेत्रमा परिणत हुन लागि रहेको छ ।

घ्याल्चोकमा विभिन्न सहकारी सङ्घ संस्थाहरु क्रियाशील छन् । तिनै सहकारी सङघ संस्थाको आडभरोसामा विभिन्न सेवा सहयोग स्वणर्ीम भविष्य बोकेको घ्याल्चोक विदुर तिमिल्सिना प्राप्त भएको छ ।यस गाविसमा सक्रिय ढङगबाट चलके सहकारीहरुमा ज्यामिरेघाट वडा न. ५ मा रहेको सहकारी संस्था तथा ऐं वडाको धवाडी सहकारी संस्था किसानको सहयोगी बन्न सफल भएकोमा हामी सबैको सहयोगी संस्था बन्न सफल भएकोमा आशाको केन्द्र विन्दु बन्न सफल भएको छ ।

 

जनसंख्याको तुलना गर्दा यस गाविसमा ब्रम्हाण,क्षेत्री, नेवार ,गुरुङ, मगर, सार्की, कामी र लोपोन्मुख जङ्गली जा ति चेपाङ र मुस्लिमजातिको बसोबास रहेकोछ । शैक्षिक जागरण र चेतनाको हिसाबले हेर्दा यस क्षेत्र अन्य ठाउको अवस्था संग तुलना गर्दा उत्कृष्ट देखिन्छ । उच्चमावि तथा मावि निमावि गरी १४ वटा विद्यालयहरु क्रियाशील अवस्थामा रहेकाले यस गाविसको भविष्य उज्ज्वल अवस्थातर्फ उन्मुख रहेको छ ।

प्रतिक्रियाहरू

pragyan karki : हाल-jinju ,korea

ramro chha.tara jansyakhya,paakritik sampada,ra janata ka tatkalka aabasyakta haru pani rakheko bhaya ramro hune thiyo.


यसमा तपाईको प्रतिक्रिया